दफा ७०७
स्वामित्वको अन्तरवस्तु सम्पत्ति रहेको मुलुकको कानून बमोजिम हुनेः

(१) कुनै सम्पत्तिको स्वामित्व वा भोगाधिकार अन्तर्गतको अन्तरवस्तु त्यस्तो सम्पत्ति रहेको मुलुकको कानून बमोजिमनिर्धारण हुनेछ ।
(२) अचल सम्पत्ति उपर स्वामित्व कायम हुने वा अन्त्य हुने अवस्था त्यस्तो सम्पत्ति रहेको मुलुकको कानून बमोजिमनिर्धारण हुनेछ ।